बझाङ जिप दुर्घटना : छबिसपाथिभेरा गाउँपालिकाको मृतकको राहत र घाइतेको उपचारका लागि १ लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा

सेयर गरौं

बझाङमा भएको जीप दुर्घटनामा परी ज्यानगुमाउनको राहत र घाइतेको उपचारका लागि अहिले जिल्लाका स्थानीय तहहरूले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् ।
छबिस पाथिभेरा गाउँपालिकाले पनि बुधबार भएको जिप दुर्घटनामा मृतकको राहत र घाइतेहरुको उपचारको लागि १ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिकाले एक समवेदना वक्तव्य जारी गर्दै उक्त रकम उपलब्ध गराउने जनाएको हो ।

मृतकको राहत र घाइतेहरुको उपचारको लागि गाउँपालिकाको तर्फबाट विपद कोषबाट खर्च गर्ने गरि १ लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउने बताउनुभयो ।
यसअघि मष्टा गाउँपालिकाले २ लाख रुपैयाँ र जयपृथ्वी नगरपालिकाले ३ लाख रुपैयाँ मृतकको राहत र घाइतेको उपचारका उपलब्धि गराउने घोषणा गरिएका छन् ।

बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको थियो।
दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।  घाइतेहरूको जिल्ला अस्पताल सिमखेतमा र धनगढीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
2
+1
8
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212