७ चैत्र २०८१, शुक्रबार

बझाङको दुर्गाथलि गाउँपालिकामा १ लाख बढी धनराशिको खुल्ला क्रिकेट प्रतियोगिता हुँदै
शिवजी मण्डेल, बझाङ !
बझाङको दुर्गाथलि गाउँपालिका- ५ मा ठूलो धनराशिको खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ ।
महादेव युवा क्लब दुर्गाथलि गाउँपालिका- ५ सैनले दिपावलीको अवसर पारी १ लाख बढी धनराशिको खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।
खेलाडीहरूको प्रतिभा उजागर गर्न खेलाडीको आपसी सम्बन्धि विस्तार गर्न , क्रिकेट खेल प्रतिको मोह बढाउन , क्रिकेट खेलप्रति समुदायको उत्साह जगेर्ना गर्न, आयस्तरमा वृद्धि गर्नेका लागि प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक कमिटीका सल्लाहकार नरेश बहादुर रोकायाले बताए ।
प्रतियोगितामा सहभागी विजेता हुनेलाई १ लाख ५ हजार रुपैयाँ र उपविजेतालाई २५ हजार रुपैयाँ पुरस्कार घोषणा गरिएको छ। भने टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ।
म्यान अफद सिरिज १० हजार रुपैयाँ र बेस्ट ब्याट म्यानलाई ५ हजार रुपैयाँको व्यवस्था गरिएको छ ।
हरेक म्याचमा म्यान अफद म्याचको व्यवस्था गरिएको सूचनामा भनिएको छ ।
टिम दर्ता तिमी कार्तिक ४ गतेसम्म रहेको छ । खेल कार्तिक ५ गतेदेखि सैन (खेतमा)सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ।
खेलमैदानको अभावमा सबै समय क्रिकेट खेल सञ्चालन गर्न सकिन अवस्था छैन । किसानहरूले अन्नबाली भित्र्याएपछि मात्रै खेल सञ्चालन हुने गरेका छन् । अहिले हुन लागेको प्रतियोगिता पनि खेलमैदान नहुँदा अन्न फल्ने खेतमा सञ्चालन हुँदैछ ।
खेलमैदानको अभावले क्रिकेट प्रति रुचि भएका खेलाडीहरू पनि पछि परिरहेका बताउँछन् ।
स्थानीयको नजिकैको सरकार बनेको स्थानीय तह हो , स्थानीय तह बनेको पाँच वर्ष पूरा भयो , २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकियो तर खेलाडीका लागि खेलमैदानको व्यवस्था नभएको खेलाडीहरू गुनासो गर्छन् ।
जिल्लामा खेलक्षेत्रको विकासका लागि सर्वप्रथम उचित खेलमैदानको व्यवस्था हुनु आवश्यक छ ।
खेलमैदान निर्माण तर्फ सरकारवाला , जनप्रतिनिधि र उच्चस्तरीय नेताहरूले पहल चाल्नुपर्ने आजको आवश्यकता हो । सूचना 👇️
