धनगढीको वान होप पोलिप्याथिक हस्पिटलले बझाङ जिल्लाका विभिन्न मेडिकलमा आयोजना गरेकाे होमियोपैथी स्वास्थ्य चेक जाँच कार्यक्रम सम्मपन्न

सेयर गरौं

पवन बोहरा , बझाङ !

धनगढीको वान होप पोलिप्याथिक हस्पिटलले बझाङ जिल्लाका विभिन्न मेडिकलमा आयोजना गरेकाे होमियोपैथी स्वास्थ्य चेक जाँच कार्यक्रम सम्मपन्न भएकाे छ ।

जिल्लाकाे केदारस्युँ गाउँपालिका वडा न ९ झाेताकाे आशिर्वाद किल्निक र वडा नम्बर १ देउराकाे शुरेस मेडिकलमा आयाेजना गरिएकाे स्वास्थ्य चेक जाचमा मिर्गौलाकाे पत्थरी पिसाव नलिकाे पत्थरी ,पाईल्स, बाबासिर,फिस्टुला,मल द्वार दुख्ने चिलाउने,रगत बग्ने,र महिला सम्बन्धि बाझाेपन ,सेताेे पानी बग्ने,स्तनर पाठेघमा गाठागुठी हरूकाे उपचार गरिएको स्वास्थ्यकर्मी नरेन्द्र जाेशीले बताउनु भयाे ।

उहाँका अनुसार आशिर्वाद किल्निक झाेतामा २५ जनाले सेवा लिए भने शुरेस मेडिकल देउरा मा ३५ जनाले बिरामिले सेवा लिएका छन् । सबै भन्दा बढि युरिक यसिट,पत्थरी र नशा सम्बन्धि बिरामीहरूले सेवा लिएकाे बताए ।

वान होप पोलिप्याथिक हस्पिटलले बझाङ जिल्लाकाे ३ ठाउँमा स्वास्थ्य चेक जाँच कार्यक्रम गर्ने भएपनि दुई स्थानमा सम्मपन्न भएकाे र एक स्थानमा बाँकी रहेकाे छ । अब भाेलि ४ गते बुङ्गल नगरपालिका बिजगडा मा रहेकाे बलायर मेडिकल हलमा स्वास्थ्य चेक जाँच कार्यक्रम रहेकाे बताइएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35