बझाङमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको राहत र घाइतेको उपचारका लागि जिल्लाका चार स्थानीय तहको आर्थिक सहयोग गर्ने घोषणा

सेयर गरौं

बझाङमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाएकाको राहत र घाइतेको उपचारका लागि अहिले जिल्लाका स्थानीय तहहरूले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् ।

जीप दुर्घटनामा परि ज्यान गुमाएका र घाइते भएकालाई मष्टा गाउपालिकाले सबै पालिकाहरुलाइ हातेमालो गरेर सक्दो सहयोग गर्न आग्रह गरे सँगै आर्थीक सहयोगमा यहाँका स्थानीय तह सहयोग गर्न थालेका हुन् ।

अहिलेसम्म जिल्लाका चार स्थानीय तहले आर्थिक सहयोग गर्न घोषणा गरेका छन् । जसमा जयपृथ्वी नगरपालिकाले ३ लाख रुपैयाँ, तलकोट गाउँपालिकाले २ लाख रुपैयाँ, छबिसपाथिभेरा गाउँपालिकाले १ लाख ७५ हजार रुपैयाँ , र केदारस्युँ गाउँपालिकाले पनि १ लाख ७५ हजार रुपैयाँ विपद कोषबाट खर्च गर्ने गरि सहयोग घोषणा गरेको चारवटै स्थानीय तहका प्रमुखले बताएका छन् ।

दुर्घटना भएको प्रति शोक बक्तव्य जारी गर्दै बिहीबार चारै स्थानीय तहले उक्त रकमसहयोग गर्ने घोषणा गरेका थिए ।

अहिले सम्म मष्टा गाउपालिकाले ज्यान गुमाएका र घाइते भएकाहरुको व्यस्थापन लगाएतमा ६ लाख खर्च गरीसकेको र बाकी अझै गर्ने गाउपालिका अध्यक्ष ज्ञान बहादुर बोहराले बताउनुभयो । जिप दुर्घटनामा आठ जनाको मृत्यु भएपछि मष्टा गाउँपालिकाले बिहीबार मष्टा गाउँपालिका कार्यालय, वडा कार्यालय तथा गाउँपालिका मातहतका कार्यालयमा शोक विदा दिइएको थियो ।

बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका-१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सुपप्र ०१-००१ च ११७ नम्बरको जीप दुर्घटना भएको थियो । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212