बझाङ उद्योग वाणिज्य संघ कप २०७९, महिला तर्फ छबिसपाथिभेरा गाउँपालिकाले हात पार्‍यो

सेयर गरौं

शिवजी मण्डेल, बझाङ !

बझाङ उद्योग बाणिज्य संघले सिलदेवी मेलाको अवसर पारि आयोजना गरेको जिल्ला स्तरीय उद्योग वाणिज्य संघ कप २०७९ अन्तर्गत महिला तर्फको खेल सम्पन्न भएको छ ।
असोज ३० गतेदेखि सुरु भएको सर्वाधिक ठूलो धनराशिको महिला पुरुष भलिबल प्रतियोगितामा महिला तर्फको खेल शुक्रबार सम्पन्न भएको हो । पुरुष तर्फको फाइनल खेल बाँकी रहेको छ ।

शुक्रबार सदरमुकाम चैनपुरमा सम्पन्न भएको महिला भलिबल तर्फ छबिसपाथिभेरा गाउँपालिकाले बझाङ उद्योग वाणिज्य संघ कप २०७९ हात पारेको छ । फाइनलमा छबिसपाथिभेरा गाउँपालिका र मष्टा गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियोे । जसमा मष्टा गाउँपालिकालाई हराउँदै छबिसपाथिभेरा गाउँपालिकाले कप हात पारेको हो । छबिसपाथिभेरा सँग हार बेहोर्दै मष्टा गाउँपालिका द्वितिय भएको छ । त्यस्तै जयपृथ्वी नगरपालिका तृतीय र बित्थडचिर गाउँपालिका सान्त्वना भएको छ ।

उद्योग वाणिज्य संघ कप २०७९ मा सहभागी टिमलाई पन्छ्याउँदै प्रथम भएको छबिसपाथिभेरा गाउँपालिले रु ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित कप, मेडलको साथै प्रमाणपत्र , द्वितीय मष्टा गाउँपालिकाले रु ३१ हजार १ सय ११ रुपैयाँ नगदका साथै कप मेडल र प्रमाणपत्र, तथा तृतीय जपयृथ्वी नगरपालिकाले रु २१ हजार १ सय ११ रुपैयाँ नगद र कप मेडलका साथै प्रमाणपत्र हात पारेको छ, भने त्यस्तै सान्त्वना भएको बित्थडचिर गाउँपालिमाले रु ५ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र जितेको छ । 
महिला तर्फ प्रतियोगितामा ९ टिम सहभागी भएका थिए ।
छबिसपाथिभेरा गाउँपालिका यसअघि पनि थलारा गाउँपालिकाले दसै तिहारको अवसर पारी आयोजना गरेको भलिबल प्रतियोगितामा प्रथम भएको थियोे ।

पुरुष तर्फको फाइनल खेल भने हुन बाँकी छ । आयोजक कमिटीले फाइनल खेल आज बिहान ७ बजेदेखि छबिसपाथिभेरा गाउँपालिका र केदारस्युँ गाउँपालिका बीच प्रतिस्पर्धा हुने जानकारी दिएको छ । छबिसपाथिभेरा र केदारस्युँ प्रथम र द्वितिय स्थानको लागि भिड्नेछन् । यसअघिनै मष्टा गाउँपालिका तृतीय र बुङ्गल नगरपालिका सान्त्वना भइसकेको सञ्चारकर्मी समीर कठायतले बताए ।

प्रतियोगिताको प्रथमले रु १ लाख ३१ हजार १ रुपैयाँ ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र, द्वितीयले रु ७५ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडलका साथै प्रमाणपत्र, तथा तृतीय भएको मष्टा गाउँपालिकाले रु ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र,र सान्त्वना भएको बुङ्गल नगरपालिकाले रु ११ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र पाउनेछन् ।  प्रतियोगितामा १६ टिमको सहभागीता भएको थियोे ।

प्रतियोगिता सुरु भएको समय भलिबल खेल मात्रै नभएर अन्य साँस्कृतिक कार्यक्रम र देउडा प्रतियोगिता पनि भएको थियोे ।
पुरुष तर्फको खेल बाँकी रहेकोले प्रतियोगिता सम्पन्न भएको छैन ।
फाइनल खेल सकिएपछि पुरस्कार वितरण गर्दै प्रतियोगिता सम्पन्न गरिने उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताउनुभयो ।

बझाङ उद्योग वाणिज्य संघले प्रत्येक वर्ष सिलदेवी मेलाको अवसरमा खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212