२५ मंसिर २०८१, मंगलवार
यसवर्षको बझाङ उद्योग वाणिज्य संघ कप, पुरुषतर्फ केदारस्युँलाई र महिलातर्फ छबिसपाथिभेरालाई
शिवजी मण्डेल, बझाङ !
बझाङ उद्योग बाणिज्य संघले सिलदेवी मेलाको अवसर पारि आयोजना गरेको जिल्ला स्तरीय उद्योग वाणिज्य संघ कप २०७९ सम्पन्न भएको छ । असोज ३० गतेदेखि सुरु भएको सर्वाधिक ठूलो धनराशिको उद्योग वाणिज्य संघ २०७९, आज सनिवार सम्पन्न भएको हो ।
उद्योग वाणिज्य कप २०७९ पुरुष तर्फ केदारस्यँ गाउँपालिकाले र महिला तर्फ छबिस पाथिभेरा गाउँपालिकाले उपाधि हात पारेका छन् ।
आज सनिवार सदरमुकाम चैनपुरमा भएको पुरुष तर्फको फाइनल खेल केदारस्युँ गाउँपालिका र छबिसपाथिभेरा गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियोे । जसमा छबिसपाथिभेरा गाउँपालिकालाई हराउँदै केदारस्युँ गाउँपालिका प्रथम भएको छ । केदारस्युँ गाउँपालिकासंग हार बेहोरेको छबिसपाथिभेरा गाउँपालिका द्वितिय भएको छ , भने यसअघिनै मष्टा गाउँपालिका तृतीय र बुङ्गल नगरपालिका सान्त्वना भइसकेको सञ्चारकर्मी समीर कठायतले बताए ।
प्रतियोगिताको प्रथम केदारस्युँ गाउँपालिकाले रु १ लाख ३१ हजार १ रुपैयाँ ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र, द्वितीय छबिसपाथिभेरा गाउँपालिकाले रु ७५ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडलका साथै प्रमाणपत्र, तथा तृतीय भएको मष्टा गाउँपालिकाले रु ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र,र सान्त्वना भएको बुङ्गल नगरपालिकाले रु ११ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा १६ टिमको सहभागीता भएको थियोे ।
त्यस्तै शुक्रबार सम्पन्न भएको महिला तर्फको भलिबल प्रतियोगिताको विजेता छबिसपाथिभेरा गाउँपालिका भएको छ। शुक्रबार महिला तर्फ फाइनल खेल छबिसपाथिभेरा गाउँपालिका र मष्टा गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियोे । जसमा मष्टा गाउँपालिकालाई हराउँदै छबिसपाथिभेरा गाउँपालिकाले कप हात पारेको हो । छबिसपाथिभेरा सँग हार बेहोर्दै मष्टा गाउँपालिका द्वितिय भएको छ । त्यस्तै जयपृथ्वी नगरपालिका तृतीय र बित्थडचिर गाउँपालिका सान्त्वना भएको छ ।
उद्योग वाणिज्य संघ कप २०७९ मा सहभागी टिमलाई पन्छ्याउँदै प्रथम भएको छबिसपाथिभेरा गाउँपालिले रु ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित कप, मेडलको साथै प्रमाणपत्र , द्वितीय मष्टा गाउँपालिकाले रु ३१ हजार १ सय ११ रुपैयाँ नगदका साथै कप मेडल र प्रमाणपत्र, तथा तृतीय जपयृथ्वी नगरपालिकाले रु २१ हजार १ सय ११ रुपैयाँ नगद र कप मेडलका साथै प्रमाणपत्र हात पारेको छ, भने त्यस्तै सान्त्वना भएको बित्थडचिर गाउँपालिमाले रु ५ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र जितेको छ ।
महिला तर्फ प्रतियोगितामा ९ टिम सहभागी भएका थिए ।
छबिसपाथिभेरा गाउँपालिकाको महिला टिमले यसअघि पनि थलारा गाउँपालिकाले दसै तिहारको अवसर पारी आयोजना गरेको भलिबल प्रतियोगितामा प्रथम भएको थियोे ।
प्रतियोगिता सुरु भएको समय भलिबल खेल मात्रै नभएर अन्य साँस्कृतिक कार्यक्रम र देउडा प्रतियोगिता पनि भएको थियोे ।