बझाङमा विद्युत सर्ट हुँदा दईवटा पसलमा आगजनी

सेयर गरौं

बझाङमा विद्युत सर्ट भएर दईवटा पसल जलेर खरानी भएका छन् । मंगलबार राति १ बजे वित्थडचिर गाउँपालिका गाउँपालिकाको देउलेखमा रहेका न्यु डिएन होटेल एण्ड लज र वेलकम टेलर्स जलेर खरानी भएका हुन् ।

दत्ति महरले सञ्चालन गरिरहेको न्यु डिएन होटेल एण्ड लज र सुनील नेपालीले सञ्चालन गरिरहेको वेलकम सिलाई सेन्टरमा भएको क्षतिबारे अहिले प्रहरीले मुचुल्का तयार गरिरहेको वित्थडचिर गाउँपालिका अध्यक्ष अम्मर महरले बताउनुभयो ।

उहाँका अनुसार दुबै पसल जलेर खरानी भएका छन् । वेलकम टेलर्सका सञ्चालक सुनिल नेपालीले सुन किन्नका लागि राखिएको ४ लाख नगदसहित सिलाइ मेसिन,लुगाकपडासहित २० लाख क्षति भएको दाबी गरिरहेका छन् भने दत्तिराम महरले पनि २५ लाखसम्मको क्षति भएको दाबि गरिरहेका गाउँपालिका अध्यक्ष महरले पुष्टि गर्नुभयो ।

घटनाबारे प्रहरीको आधिकारिक रिर्पोट भने आउन बाँकी छ । रातिको समय भएकाले आगो निभाउन नसकिएको पिडित नेपालीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
संवाददाता
संवाददाता
Articles: 1365