७ आश्विन २०८०, आईतवार

बझाङको थलारा गाउँपालिकाका ७ वर्षीय बालकको मामाघरमा अरिङ्गालको टोकाइबाट मृत्यु
शिवजी मण्डेल, बझाङ !
बझाङको थलारा गाउँपालिकाका एक बालकको अरिङ्गालको टोकाइबाट मामाघरमा मृत्यु भएको छ ।
थलारा गाउँपालिका -८ बिस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांस जोशीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।
भाइटिका मान्न डोटीको सायल गाउँपालिका- ५ गुरेना गएकी आमा आरती जोशी सँगै गएका बालकलाई मंगलबार दिउँसो ३.३० बजेको समयमा घर नजिकै अरिङ्गालले टोकेको थियोे । बालकलाई अरिङ्गालले टोकेपछि उपचारका लागि स्वास्थ्य संस्था लिएर सुई लगाइएको र औषधी उपचार पछि घर फर्काइएको उनका आफन्तले बताए ।
बालकसँगै अन्य त्यहीँका दुई बालक र एक महिलालाई अरिङ्गालले टोकेको थियोे ।
उनीहरूलाई धेरै अरिङ्गालले नटोकेको र मृत बालकलाई धेरैले टोकेको थियोे ।
उनको आज बिहीबार बिहान ५ बजेतिर मामाघरमै मृत्यु भएको थलारा गाउँपालिका-८ का वडा अध्यक्ष टिकाराज जोशीले जानकारी दिनुभयो ।
उनका अनुसार अन्जान व्यक्तिले अरिङ्गालको गोलामा ढुङ्गा हानेको हुनसक्ने र त्यसपछि त्यो ठाउँमा बालक जाँदा टोकेको हो ।
बालक थलारा गाउँपालिका – ८ बिस्खेत स्थिति कालिका प्राथमिक विद्यालयमा कक्षा २ मा अध्यनरत थिए ।