७ चैत्र २०८१, शुक्रबार

बझाङको छबिसपाथिभेरा गाउँपालिका -१ ले दिएको अभ्यास पुस्तिका वितरण कार्य सुरु
शिवजी मण्डेल , बझाङ
बझाङको छबिस पाथिभेरा गाउँपालिका -१ ले वडा भित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीका लागि दिएको अभ्यास पुस्तिका वितरण गर्न सुरु गरिएको छ ।
बिहीबार वडा कार्यालयले वडा भित्र सञ्चालित विद्यालयका प्रधानाध्यापकलाई एक कार्यक्रममा बोलाएर विद्यार्थीलाई वितरण गर्नका लागि दिएको अभ्यास पुस्तिका आजदेखि शिक्षकहरूले वितरण गर्न लागेको हुन् ।
प
आज शुक्रबार जनप्रिय माध्यमिक विद्यालय बगाडगाउँका बालकक्षा देखि ५ सम्म अध्यनरत ८२ जना विद्यार्थीलाई १ हजार ६ सय २० अभ्यास पुस्तिका वितरण गरेको प्रधानाध्यापक पदम खड्काले बताउनुभयो ।
वडा कार्यालयबाट बाल कक्षादेखि ५ कक्षा सम्म अध्यनरत विद्यार्थीका लागि वर्षभरि पुग्ने गरि अभ्यास पुस्तिका बिहिवार वडाभित्र सञ्चालित ७ वटा सामुदायिक र एउटा बोर्डिङ स्कुल गरि ८ विद्यालयलका प्रधानाध्यापकको जिम्मा लगाइ विद्यार्थीलाई चाडै वितरण गर्न भनिएको वडा अध्यक्ष करनजंग बहादुर सिंहले जानकारी दिए ।
वडा कार्यालयको आर्थिक वर्ष २०७९/ ८० को बजेट तथा कार्यक्रमबाट शिक्षा क्षेत्रको विकास गर्नका लागि सानो भएपनि सहयोग पुर्याउने उदेश्यले वडाभित्रीका सबै विद्यालयका बाल कक्षा देखि ५ कक्षासम्मका विद्यार्थीलाई पुग्ने गरि ५ हजार पिस अभ्यास पुस्ति
दिएको वडाध्यक्ष सिंहले बताउनुभयो ।
अध्यक्ष सिंहले उक्त अभ्यास पुस्तिकाले विद्यार्थीको पठनपाठनमा सुधार आउने, अभ्यास गर्ने बानीको विकास हुने बताए ।
उक्त अभ्यास पुस्तिका निर्माणमा २ लाख ५० हजार बराबर लगानी लागेको वडा कार्यालय जनाएको छ ।