२५ मंसिर २०८१, मंगलवार
बझाङमा पनि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु
बझाङमा पनि आज बाट मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार आज बाट जिल्लाका १२ वटै पालिकाका ९४ वडामा एकै साथ मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको हो । गएको स्थानिय तहको निर्वाचनमा मतदाता शिक्षा लागु नहुँदा मत बदर हुने संख्इा बृद्धि भएको निर्वाचन आयोगले जनाएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनलाई लक्षित गरेर बझाङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमल प्रसाद गौतमले बताउनु भयो ।
मतदाता शिक्षा कार्यक्रम महिला स्वास्थ्य स्वयं सेविका द्वारा १५ दिनसम्म सञ्चालन गरिने भएको छ । मतदाता शिक्षालाई प्रभावकारी बनाउन मतदाता शिक्षा निर्देशिका २०७९ अनुसार प्रत्येक पालिकामा प्रमुख प्रसासकिय अधिकृतको संयोकत्वमा पालिका स्तरिय मतदाता शिक्षा समन्वय समिति र वडास्तरमा वडा सचिवको संयोजकत्वमा वडास्तररिय मतदाता शिक्षा संचालन समिति गठन गरिएको जिल्ला मतदाता शिक्षा समन्वयकर्ता मान बहादुर धामीले बताउनु भयो ।
स्वयमसेविकाले प्रत्येक नागरिकको घरदैलोमा पुगि ब्रोसर, पर्चापम्पलेट, नमुना मतपत्र मार्फत मतदातालाई कसरी मतदान गर्ने, मत बदर कसरी हुन्छ । मत बदर हुन नदिन के गर्ने भन्ने विषयमा मतदाता शिक्षा दिन लागिएको हो । प्रत्येक पालिकामा पालिकाले खटाईएको एक जना मतदाता शिक्षा अनुगमनकर्ता तथा निर्वाचन सम्पर्क व्यक्ति पनि तोकिएको छ ।