सत्तारूढ गठबन्धन दल थलारा गाउँपालिका र केदास्युँ गाउँपालिकाको संयुक्त चुनावी सभा झोतामा सम्पन्न

सेयर गरौं

सत्तारूढ वामलोकतान्त्रीक गठबन्धनले शुक्रबार केदारस्युँ गाउँपालिका-९ झोतामा संयुक्त चुनावी सभा गरेको छ ।
यहीँ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरि गठबन्धन दलले उक्त सभा कार्यक्रम गरेको हो ।

नेपाली काँग्रेस नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिकाको संयुक्त चुनावी सभा कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री डा.सुरेश मल्ल प्रमुख अतिथि , पुर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनजंग बहादुर सिंह पुर्व मन्त्री नरेश बहादुर सिंह , नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा उम्मेदवार भानुभक्त जोशी नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य देवराज रेग्मी केन्द्रीय सदस्य शंकर बहादुर खड्का देवकी मल्ल शान्ति नेपाली प्रदेश सभा (ख) गठबन्धनका साझा उम्मेदवार भीम भण्डारी लगायतले सम्बोधन गर्नु भएको थियोे ।

वक्ताहरूले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवारलाई विजय गराउन आह्वान गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस केदारस्युँ गाउँपालिका कार्यसमिति सभापति शिवराज भण्डारीको अध्यक्षतामा भएको थियोे ।
गठबन्धन दलले दुर्गाथलि र छबिसपाथिभेरा गाउँपालिकाको संयुक्त चुनावी सभा विसौनामा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212