२४ माघ २०८१, बिहीबार

ढुङ्गा लाग्दा बझाङमा वडा सदस्य गम्भीर घाइते, उपचारका लागि नेपालगन्ज रेफर
बझाङमा एक जना महिला वडा सदस्य माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी छन् ।
जिल्लाको साइपाल गाउँपालिका -३ कायाँ कि वडा सदस्य अन्दाजी ३२,३३ वर्षीया डिकी गुरुङ माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी हुन्।
गुरुङकाे टाउकाेमा गहिरो चाेट लागेको हुँदा जिल्लामा उपचार सम्भव नभएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर आएको र उपचारका लागि हेलिकप्टर मार्फत नेपालगन्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालयल बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।
आइतबार गाउँ नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथीबाट ढुङ्गा खस्दा गुरुङको टाउकोमा लागेको गाउँपालिका अध्यक्ष मान बहादुर बोहराले बताए ।
उनलाई घाइते भएलगत्तै काडाँ स्वास्थ्य केन्द्रमा लागिएको थियोे , त्यहाँ उपचार सम्भव नभएपछि आज सोमबार उनको हेलिकप्टरमार्फत नेपालगन्ज रेफर गरिएको हो ।
गुरुङको उपचारका लागि ५ लाखा बराबरको रकम गाउँपालिकाले व्यहोर्ने पालिकाले जनाएको छ ।