११ बैशाख २०८२, बिहीबार

बझाङमा कार्तिक २५ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाईदैँ
बझाङमा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइने भएको छ। मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरेर जिल्लामा कात्तिक २५ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइने भएको हो।
कार्तिक २१ गते बसेको जिल्ला सुरक्षा समिति बझाङको निर्णय अनुसार यहीँ कार्तिक २५ गतेदेखि मादक पदार्थ ओसारपसार , बिक्री वितरण तथा सेवामा रोक लगाइने बताइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिने प्रमुख जिल्ला बाबुराम अर्यालले बताए। सोमबार सार्वजनिक गरिएको सूचनामा मदिरा ओसारपसार, बिक्री बितरण र सेवन निषेध गरिने जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।
सूचनामा भनिएको छ, कार्तिक २५ गतेदेखि मतगणना नभएसम्म मादक पदार्थ ओसारपसार , बिक्री वितरण तथा सेवामा पूर्णरूपमा रोक लगाइने भएको छ । यदि सो अवधिभर कोही कसैले मादक पदार्थ ओसारपसार बिक्री वितरण तथा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरासम्बन्धित सबैलाई सुचित गरिन्छ ।
