६ आश्विन २०८०, शनिबार

थलारा गाउँपालिका कृषि शाखाद्वारा हाते ट्याक्टर वितरण
ब्यवसायी बनाउन थलारा गाउँपालिकाकाे कृषि शाखाले हाते ट्याक्टर वितरण गरेको छ । कृषि शाखाले ७५ प्रतिशत अनुदानमा वडा नम्बर ८ बिस्खेतका मुक्त हलिया खाद्य अधिकार समुहका परिवारलाई हाते ट्याक्टर वितरण गरेको हो ।
फियान नेपालको सहजीकरण २०७४ सालमा समूह गठन गरि २०७६ मा पालिकामा दर्ता गरेकाे थियाे । फियान नेपालकाे सहजीकरणमा विभिन्न मितिमा वडा र गाउँपालिकामा ज्ञापनपत्र दिएको र लबि बैठक बसी छलफल गरि खाद्य अधिकार सुनिश्चित गर्न पहल गर्ने निर्णय गरिएकाे थियाे । मुक्त हलिया खाद्य अधिकार समुहका परिवारको खाद्य अधिकारका लागि विभिन्न मागहरू राखिएको थियोे । उक्त मागहरूलाई सम्बोधन गर्दै थलारा गाउँपालिकाले मुक्त हलिया खाद्य अधिकार समुहका परिवारले हलाे जाेति ज्याला मदुरी गरि रहेका थिय । हलाे जाेत्ने कार्यलाई हटाउन नयाँ आधुनिक प्रबिधिकाे बिकास गर्दै हाते ट्याक्टर अनुदानमा बितरण गरेकाे छ । आम्दानी बढाई खाद्य अधिकार सुनिश्चित गर्न कार्य बोझ घटाउन , कम मुल्यमा खेतीपाती गर्न सहज हुने भनी समुहका सचिव श्याम नेपालीले बताएका छन् ।
मुक्त हलिया खाद्य अधिकार समुहका परिवारहरूले हाते ट्याक्टर पाए पछि धेरै खुसी भएका छन् । सस्तो मुल्यमा खेतीपाती गर्न पाइने , ज्यालामजदुरी काम गरेर पैसा कमाइ खाद्यान्नको जोहो गर्न र भारत जानू नपर्ने र घरमै बसेर आम्दानी गर्न सक्ने हौसला र खुसी बढेको छ । राम्रो कामका लागि राम्रो थालनी गरेकाे भनेर समुहका परिवार गाउँपालिकालाई धन्यवाद दिदै आभारी भयकाे बताउँछन् ।
त्यस्तै थलारा गाउँपालिका कृषि शाखाबाट कृषि समुह दर्ता गरेका ९ वटै वडाका एउटा समुहलाई व्यवसायी बनाउन हाते ट्याक्टर वितरण गरेको पालिकाले जनाएको छ ।
गाउँपालिकामा दर्ता भएका कृषि समुहलाई ९ एचपी को ५ र ७ एचपीको ४ वटा ट्याक्टर गरि प्रत्येक वडामा एकएक ट्याक्टर वितरण गरेको छ । हाते ट्याक्टर ९ एचपीको ९० हजार र ७ एचपीको ८० हजारमा खरिद गरिएको पालिकाले जनाएको छ ।
उक्त ट्याक्टर खरिदका लागि पालिकाले ७५ प्रतिशत र कृषि समुहले २५ प्रतिशत लगानी गरेको छ ।
कृषिलाई आधुनिकिकरण तथा यन्त्रीकरण गरि खेतीपातीमा सहजता ल्याउने उदेश्य ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख ओलीले बताउनुभयो ।
गाउँपालिकाले ट्याक्टर उपलब्ध गराएपछि खेतीपाती गर्नमा राहत पुग्ने भन्दै किसानले र फियान नेपालले पालिकालाई धन्यवाद समेत दिएका छन् ।