डोटीमा भुकम्पले घर भत्किँदा ६ जनाको मृत्यु

सेयर गरौं

मंगलबार मध्यराति गएको भुकम्पले डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ ।
जिल्लाको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो भने अन्य ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४ जना बालबालिका रहेका प्रहरीले जनाएको छ ।

डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टका अनुसार घर भत्किँदा ५० वर्षिय प्रेम बोहरा, १३ वर्षिय सीता बोहरा, ४० वर्षिया भगवती बोहरा, ८ बर्षिय हर्क बोहरा, १४ वर्षिया धनसरी बोहरा र १४ वर्षिया तुल्सि बोहरा रहेका छन् ।
त्यस्तै ईन्नरी देबि बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महाबिर बोहरा घाइते भएका छन् ।

यस्तै गाउँपालिकाकै उपरकाँडा र बलकट्टेका १५० भन्दा बढी घरमा आंशिक तथा केही घरमा पूर्ण क्षति भएको स्थानीय मिनबहादुर साउँदले बताए। जिल्ला प्रशासन कार्यालय डोटीकी सूचना अधिकारी दीपा जोशीका अनुसार सायल गाउँपालिकाका अधिकांश घरमा क्षती भएको छ। अन्य ठाउँमा पनि क्षति भएको र क्षतिको यकिन विवरण आउँन बाँकी रहेको उनले बताइन्।

मंगलबार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर पाँच दशमलव सात म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्यराति दुई बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212