६ आश्विन २०८०, शनिबार

भुकम्पका कारण थलारा गाउँपालिका-७ मा एक घर चिराचिरा , पालिकाभरकै अधिकांश घरमा पूर्ण तथा आंशिक क्षति
बझाङको थलारा गाउँपालिका-७ मा भुकम्पका कारण एक घरमा चिराचिरा परेको छ ।
थलारा गाउँपालिका – ७ गोठीकि एक महिला बेलमती जैशीको घरमा चिराचिरा परेर बस्न लायक नरहेको हो ।
गएराति २ बजेर १२ मिनेटमा गएको भुकम्पले जैशीको घरमा चिराचिरा परेको छ भने मानवीय क्षति भने नभएको भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रदेव ओझाले जानकारी दिए ।
जैशीका छोरा छैनन् उनको साथमा छोरीपट्टीका एउटा नाति र एउटा नातिनि रहेका छन ।
जैशीले भनीन् राति सुति रहेकी थिए एक्कासी भुइचालो आयो दौडिएर बाहिरी निस्के, त्यहीँ भुइचालोले मेरो घर चिराचिरा पारिदियो ,
घरमा चिराचिरा परेपछि छिमेकीको घरमा बसेको उनलेे सुनाइन् ।
उनलेे गहभरि आँसु झार्दै भनिन् अब म कहाँ बस्ने ? छोरा भए त घर लगाउँछ भन्ने आस हुन्थ्यो छोरा छैन , भएको घर बस्ने अवस्थाको रहेन ।
उनीले एउटा गाई र बाख्रा पालेकी छन् ती पनि कहाँराख्ने भन्दै उनी अहिले चिन्तित बनेकी छन् ।
उक्त गाउँमा मात्रै १२ वटा घर भुकम्पले चर्किएका छन् ।
थलारा गाउँपालिका -७ का वडा सचिव समेत रहेका मनिराम पाध्यायको तीन भाइको संयुक्त घर पनि चर्किएको हो । सोही वडाको घोडादाउँनामा २ र आठविसका ३ घर पनि चर्किएको जानकारी वडामा आएको वडा सचिव पाध्याले बताए । उनका अनुसार भवानी माध्यमिक विद्यालय माडौंकाट्नेको एउटा नंया र एउटा पुरानो गरि २ भवन चर्किएका छन् ।
त्यस्तै थलारा गाउँपालिका -८ पण्डित गाउँका बिछु पार्कीको घर भुकम्पले क्षति गरेपछि बस्न लायक समेत रहेको छैन । भने सोही ठाउँका खगेन्द्र जोशीको घरको तल्लो भाग भत्किएको छ । क्षति भने केही भएको छैन ।
सोही ठाउँकि कृष्णा देवी पण्डितको घर पनि चर्किएको छ । पण्डित राति सुतेको बेलामा शरीरमा ढुङ्गा खस्दा बायाँ हात र कम्मरमा सामान्य चोट लागेको छ ।
बिस्खेतका दलित टोलीको घर पर्खाल चर्किएको छ। उनहरू उच्च जोखिममा रहेका छन् , त्यस्तै कविता ओझा नित्यानन्द जोशी लेखराज जोशीको घरपनि चर्किएका वडा अध्यक्ष टिकाराज जोशीले बताउनुभयो । वडा अध्यक्ष जोशीले बिहानैदेखि वडा भित्रका टोलटोलमा पुगेर त्यहाँको अवस्था बारे बुझेका थिए ।
उनलेे भने अब भुकम्प आए भने सबै चर्किएका सबै घर भत्किने सम्भावना बढेको छ।
बझाङको थलारा गाउँपालिकामा भुकम्पका कारणले ९ वटा घरमा पूर्णरूपमा क्षति भएको छ ।
मंगलबार राति गएको भुकम्पले थलारा गाउँपालिका- ९ मा ७ घरमा पूर्णरूपमा क्षति भएको हो ।
थलारा गाउँपालिका ९ मा अम्भु दमाई,तिलु दमाई,,हौंसा चनार दिपु सिंह
मोहनराज जैशी,बिश्व खत्री, श्याम बहादुर सिंहको घरमा पूर्णरूपमा क्षति पुगेको वडा अध्यक्ष लोकेन्द्र बिष्टले जानकारी दिए ।
त्यस्तै थलारा गाउँपालिका वडा नम्बर ९ मै एक सय बढी, घरमा आंसिक क्षति भएको छ।
थलारा गाउँपालिका भरिकै अधिकांस घरहरूमा आंशिकरुपमा क्षति भएको छ । भने कतिपय विद्यालय भवन सरकारी कार्याल समेत चर्किएका छन् ।
मंगलबार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर पाँच दशमलव सात म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्यराति दुई बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।




