बैतडीको सिगासकी एक कर्मचारीको गाज्जो काट्ने क्रममा भीरबाट लडेर मृत्यु

सेयर गरौं

राजेन्द्र साउद – बैतडी !   बैतडीको सिगास गाउँपालिकामा एक महिला कर्मचारीको भीरबाट लडेर मृत्यु भएको छ । गाउँपालिकाको सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत अन्दाजी २७/२८ वर्षीय सरस्वती कुमारी धामी बोहराको भीरबाट लडेर मृत्यु भएको जनाइएको छ ।

गाउँपालिकाको वडा नं. ८ लुपुड स्थायी घर भएकी
सरस्वतीको गाउँ नजिकैको लुपुड धुरा (ढणाली) भन्ने ठाउँमा गाज्जो (खर) काट्ने क्रममा शनिबार (आज) दिउँसोको समयमा लडेर मृत्यु भएको जनाइएको छ ।

केही महिना अघिमात्रै गाउँपालिकाको सहायक कम्प्युटर अपरेटर पदमा नियुक्त भएकी बोहरा वडा नं. ८ मा रहेको श्री जनचेतना आधारभूत विद्यालयकी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष समेत हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1202