७ माघ २०८१, सोमबार
बझाङसहित सुदूरपश्चिममा भुकम्पको धक्का महशुस
सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ । शनिबार राति ८ बजेर १२ मिनेटमा बझाङ लगायत सुदूरपश्चिमका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको हो । बझाङको पाटादेवल केन्द्र बिन्दू बनाएर ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
यो भूकम्प मंगलबार राति डोटीमा गएको भूकम्पकै पराकम्प भएको भूकम्पविद् बलबहादुर तामाङले बताए । बैतडी , कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको जनाइएको छ । डोटी भूकम्पपछि अहिले सम्म ४ सय २८ बढी पराकम्प गईसकेका छन् । पश्चिमी क्षेत्रमा भूकम्पको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
2
+1
+1
3
+1
11