१२ माघ २०८१, शनिबार
भुकम्पले डोटीमा ७ घर भत्किए , स्थानीय घरबाहिर
सनिवार राति सुदूरपश्चिममा भुकम्प गएको छ । शनिबार राति ८ बजेर १२ मिनेटमा गएको भुकम्पले फेरि डोटीमा ७ वटा घर भत्किएका छन् ।
मंगलबार रातिको भूकम्पले व्यापक क्षति पुर्याएको गैरा गाउँमा दुई घर भत्किएका हुन । यस्तै भूकम्पका कारण सायल गाउँपालिकामा दुईवटा, पूर्विचौकी गाउँपालिकाको पोखरीमा समेत तीन वटा घरहरू भत्किएको जनाइएको छ ।
यता बझाङको थलारा गाउँपालिकाका अधिकांश स्थानीयहरू घरभन्दा बाहिरी देखिन्छन् ! उनीहरू केहिदिन अघि गएको भुकम्पले घरहरू चर्किएका थिए । अहिले भित्री बस्दा आफूलाई खत्रा हुन सक्ने भन्दै त्रिपाल मुनि बसिरहेको थलारा गाउँपालिका- ८ का श्याम नेपालीले बताए । सदरमुकाम चैनपुरमा पनि अहिले चैनपुरबासी घरभन्दा बाहिरी आगो ताप्दै बसिरहेका राजन मण्डेल जानकारी दिए ।
उनलेे भने अगाडि ८ बजेर १२ मिनेटमा भुकम्प गएपछि बाहिरी निष्केकाहरू अझै पनि बाहिरीनै छन् ।
अहिले सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीयहरू बाहिरी खुल्ला ठाउँ बसि रहेका छन् । कति बेलापो भुकम्प जान्छ भन्दै उनीहरू डरले बाहिरी बसिरहेका हुन् ।चिसो मौसम भएका कारण बालबालिकाहरूलाई काखमा च्यापेर यहाँका स्थानीय खुल्ला आकाशमा आगो ताप्दै बसिरहेका छन् ।
बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाएर ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।