डोटीमा पानीको ट्यांकर दुर्घटना हुँदा १ जनाको मृत्यु

सेयर गरौं

डोटी कार्तिक ३६ !

डोटीमा पानीको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार जिल्लाको केआइसिंह गाउँपालिका -४ काफलीमा ना २ ख ६८२७ नम्बरको ट्यांकर दुर्घटना भएको हो ।

दुर्घटनामा डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका – ८ का ३८ वर्षीय दान बहादुर धामीको निधन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा चालक धामी ट्यांकरमुनि च्यापिएर गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाने क्रममा  उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242