पहिलो एकदिवसीय अन्तराष्ट्रियमा आज नेपाल र युएई भिड्दै

सेयर गरौं

काठमाडौं । घरेलु टोली नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सोमबार(आज) पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । 

आज दुवै टोली जित निकाल्दै सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ ।

नेपाल र युएई पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित टोली नै हुन् । नेपाल र युएईबीचमा एकदिवसीय अन्तराष्ट्रियमा अहिले सम्म ६ पटक खेल भएको छ । नेपाल मात्र २ पटक विजयी हुँदा ४ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ ।

नेपालले २०१९ मा युएईविरुद्ध नै पहिलो एकदिवसीय सिरिज जितेको थियो । तीन खेलको उक्त सिरिज नेपालले २–१ ले जितेको थियो । सोही सिरिजको तेस्रो खेलमा नेपालका तत्कालीन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए । 

नेपाल भ्रमणमा रहेको युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230