निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

सेयर गरौं

काठमाडौं – आगामी निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुने गृह प्रवक्ता पोखरेलले जानकारी दिए । सरकारी कार्यालय र सार्वजनिक निकायहरु भने ४ र ५ गते बन्द हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245