झोतामा नमुना मतदान कार्यक्रम सम्पन्न

सेयर गरौं

सपना खाती – बझाङ

बझाङको केदारस्युँ गाउँपालिका-९ को वडा कार्यालय झोतामा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरि जिल्ला निर्वाचन कार्यालय बझाङले आयोजना गरेको मतदान कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

मतदाता शिक्षा कार्यक्रम अन्तर्गत जिल्लाका १२ वटै स्थानीय तहमा नमुना मतदान गरिने कार्यक्रम अनुरुप केदारस्युँ गाउँपालिका-९ झोता बजार क्षेत्रका स्थानीय मालपोत नापी र वडा कार्यालयका सेवा ग्राहीलाई लक्षित गरि नमुना मतदान कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकारी विमल प्रसाद गौतमले जानकारी दिनु भयो । हालसम्म जिल्लाका १२ वटा स्थानीय तहमध्ये १० वटा स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न गरिएको छ ।

बुधबार झोतामा गरिएको नमुना मतदान कार्यक्रममा ३० जनाभन्दा बढी पुरुष र १५ जनाभन्दा बढी महिलाले नमुना मतदान गरेका हुन् ।
आम मतदातालाई निर्वाचनमा प्रयोग हुने मतपत्र संख्या, मतपत्रको रङ्ग, मतबदर हुने अवस्था , मतपत्रमा छाप लगाउने तथा पट्याउने तरिका र मंसिरमा हुने निर्वाचनमा मतदानको प्रतिशत वृद्धि गर्नुका साथै बदर मत घटाउन नमुना मतदान कार्यक्रमको आयोजना गरिएको निर्वाचन अधिकारी गौतमले बताए।
नमुना मतदान कार्यक्रम प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल , जिल्ला स्थित सुरक्षा निकाय प्रमुख, निर्वाचन अधिकारी , वडा अध्यक्ष नन्दलाल बोहरा , सचिव मिलन नेपाली लगायतको उपस्थिति रहेको थियोे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1072