जिल्ला प्रशासन कार्यालय बझाङबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगन

सेयर गरौं

जिल्ला प्रशासन कार्यालय बझाङबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगन गरिएको छ ।

मंसिर ४ गते हुन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचका लागि कार्यालयबाट कर्मचारीहरु विभिन्न स्थानमा खटाउनु पर्ने भएकोले कर्मचारी अभाव हुने हुदाँ अत्यावश्यक बाहेक सेवा स्थगन गरिएको हो ।

मंसिर १ गते देखि ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकाका सबै सेवाहरु बन्द रहने बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले  जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बझाङले बुधबार एक सुचना जारी गर्दै मंसिर १ गते देखि  ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकाका सबै सेवाहरु स्थगन गरिएको जानकारी गराएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311