१९ आश्विन २०८१, शनिबार
बझाङमा एक महिला घाँस काट्ने क्रममा लड्दा गम्भीर घाइते
बझाङमा एक महिला घाँस काट्ने क्रममा लड्दा गम्भीर घाइते भएकी छन् । जिल्लाको सुर्मा गाउँपालिका- ५ की २७ वर्षीया मालती बोहरा घाँस काट्ने क्रममा चिप्लेर लड्दा गम्भीर घाइते भएकि हुन् ।
घाइते बोहराको जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको उनका आफन्तले बताए ।
गाउँ नजिकैको पातिलेक भन्ने जङ्गलमा घाँस काट्ने क्रममा चिप्लेर लड्दा घाइतेको टाउकोमा गम्भीर चोट लागेको उनका श्रीमान् धर्किन्द्र बोहराले जानकारी दिए ।
आर्थिक अबस्था निकै कमजोर भएकाले घाइतेको उपचारका लागि सहयोग गरिदिन उनका श्रीमान् बोहराले अपिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
6