बझाङमा भीरबाट लड्दा गम्भीर घाइते भएकी महिलाको मृत्यु

सेयर गरौं

बझाङमा भीरबाट लड्दा गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका- ५ की २७ वर्षीया मालती बोहरा घाँस काट्ने क्रममा चिप्लेर लड्दा गम्भीर घाइते थिइन् । उनलाई उपचारका लागि धनगढी लैजादै गर्दा बझाङको बित्थडमै मृत्यु भएको हो ।

बोहरालाई जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियोे । तर उनको बाटोमै मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

आइतबार बिहान गाउँ नजिकैको पातिलेक भन्ने जङ्गलमा घाँस काट्ने क्रममा चिप्लेर लड्दा मालती टाउकोमा गम्भीर चोट लागेको उनका श्रीमान् धर्बेन्द्र बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212