थलारा गाउँपालिकाद्घारा बाँदर भगाउने यन्त्र वितरण

सेयर गरौं

बझाङको थलारा गाउँपालिकाले बाँदर भगाउने यन्त्र वितरण गरेको छ । बादरकको हुल आएर किसानहरूको बालिनाली नष्ट गर्ने गरेपछि त्यसको रोकथामका लागि गाउँपालिकाले ९ वटै वडाहरूमा बाँदर भगाउने यन्त्र वितरण गरेको हो ।

धेरै वडाहरूबाट बादरले आतंक मच्चाउन थालेको जनगुनासो आएपछि बाँदर आतंक नियन्त्रण गर्न आविस्कार केन्द्र किर्तिपुर काठमाडौं बाट ३० थान बादर भगाउने यन्त्र ल्याइएको र पालिका भित्रका ९ वटै वडामा ३/३ वटाका दरले वितरण गरिएको गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताउनुभयो ।

अहिले हामीले परिक्षणका लागि बाँदर भगाउने यन्त्र वितरण गरेका छौ , यो कति प्रभावकारी हुन्छ हेरेर थप यन्त्र ल्याउने उपाध्यक्ष रामबहादुर खाती बताए ।

महावीर पुनले आविष्कार गरेको बादर भगाउने यन्त्र प्लाष्टिक पाइपबाट बनेको छ । यसमा पड्काउने ढुंगा पानीमा घोल्नु पर्ने र ग्यास जलाउने लाइटरले बालेपछि ठूलो आवाज आउने र बाँदर तर्सेर भाग्ने अध्यक्ष रोकायाको भनाइ छ ।
थलारा गाउँपालिकाका वडा नम्बर ५,६,४,र ९, मा बाँदरको बस्ती भएपनि अहिले गाउँपालिकाका सबै वडाहरूमा बादरले अन्नबाली नष्ट गर्ने गरेको जनगुनासो छ । त्यहीँ जनगुनोसो अनुरुप थलारा गाउँपालिकाले बाँदर भगाउने यन्त्र वितरण गरेको छ । कत्तिको प्रभावकारी हुन्छ यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
3
+1
2
+1
12
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 260