१३ माघ २०८१, आईतवार
थलारा गाउँपालिकामा किसानका सवाल सम्बन्धि सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न
बझाङको थलारा गाउँपालिकामा किसानका सवालहरू सम्बन्धि स्थानीय तह , नागरिक समाज र सरोकारवालाहरुसँगको छलफल कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय खाद्य अधिकार संजाल फियान नेपालको आयोजनामा किसानका सवाल सम्बन्धि सरोकारवालासँगको छलफल कार्यक्रम सम्पन्न भएको हो ।
किसानको हकहितको लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन बारे जानकारी गराउन र खाद्य समन्वय समिति गठनको लागि छलफल कार्यक्रमको आयोजना गरिएको फियान नेपालकी फिल्ड अधिकृत सीता सिंहले बताउनुभयो ।
यस कार्यक्रमबाट किसानको हक अधिकारको लागि र खाद्य अधिकार तथा सम्प्रभुता ऐन २०७५ कार्यनयनको लागि गाउँपालिकाले पहल चल्ने निष्कर्ष निकालिएको सिंहले बताइन् ।
उक्त छलफल कार्यक्रम स्थानीय खाद्य अधिकार संजालका सचिव मानबहादुर चौहानको अध्यक्षतामा र थलारा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीको प्रमुख आतिथ्यततामा भएको थियोे । अतिथि थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित ,वडा नम्बर -५ का वडाध्यक्ष नरबहादुर खाती, ७ का वडाध्यक्ष किस्ने सार्की ८ का वडाध्यक्ष टिकाराज जोशी लगायत अतिथि रहनु भएको थियो ।
कार्यक्रम सञ्चालन सहजीकरण फियान नेपालकि फिल्ड अधिकृत सिंहले गरेकी हुन् ।