थलारा गाउँपालिकाका भुकम्प पीडितलाई राहत सामाग्री वितरण

सेयर गरौं

बझाङको थलारा गाउँपालिकाका भुकम्प पीडितलाई जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा राहत सामाग्री वितरण गरिएको छ ।
प्रगतिशील युवा समाजको आयोजनामा र युनाइटेड मिसन टु नेपाल कियाको सहयोगमा भुकम्प पीडितका लागि राहत सामाग्री वितरण गरिएको हो ।

गत कार्तिक २३ र २६ गते खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाई गएको भुकम्पले थलारा गाउँपालिकामा ठूलो भौतिक क्षति गरेको थियो । बारम्बार भुकम्पका धक्काहरु आइरहेपछि गाउँपालिकाका जनताहरू घर बाहिर बस्न बाध्यभएपछि राहतका लागि सामाग्री उपलब्ध गराइएको हो ।
एक कार्यक्रमको आयोजना गर्दै जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहराको प्रमुख आतिथ्यततामा र प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको विशिष्ठ आतिथ्यततामा थलारा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

१ सय २० कम्बल , १ सय २० त्रिपाल र ६ सय ५३ मिटर पि.फम गरि ५ लाख ५ हजार ८ सय १६ रुपैयाँ बराबरको राहत सामाग्री उपलब्ध गराइएको युएमएनका (UMN) का बझाङ कलष्टर टिम लिडर ज्योति चपाइले बताउनुभयो । भुकम्प गएको तत्काल राहत वितरण गरिनुपर्ने भएपनी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका कारण ढिलाइ भएको उनको भनाइ छ ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि तथा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले वास्तविक पीडितलाई मात्रै राहत वितरण गरिनुपर्ने र दोहोरिनु नपर्नुमा जोड दिनु भएको थियोे ।

कार्यक्रम थलारा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीको अध्यक्षतामा र प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीको सञ्चालनमा भएको थियोे ।

कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकाय प्रमुख , थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित , वडा नम्बर -५ का वडाध्यक्ष नरबहादुर खाती, ७ का वडाध्यक्ष किस्ने सार्की ८ का वडाध्यक्ष टिकाराज जोशी लगायत अतिथि रहनु भएको थियो ।

राहत लिन थुप्रै पीडितको भीड लागेपनि वडाध्यक्ष मार्फत राहत वितरण गरिने हुँदा खाली हात फर्किएका थिए ।
थलारा गाउँपालिकाले दोहोरो राहत नजाओस् भन्दै राहत वितरण समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 264