११ बैशाख २०८२, बिहीबार

आयुर्वेद सेवा सम्बन्धि २ दिने क्षमता अभिबृद्धि तालिम सुरु,
तरुणा जोशी- बझाङ !
आयुर्बेद सेवा सम्बन्धि २ दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ ।बुधबार आर्थिक बर्ष २०८९/ ८०को कार्यक्रम अन्तर्गत जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बझाङको आयोजनामा आयुर्बेद सेवा सम्बन्धि क्षमता अभिबृद्धि तालिम सुरु गरीएको हो । जिल्ला भरीका आयुर्बेद औषधालय र नागरीक आरोग्य सेवा केन्द्रका अभ्यांङ्गकर्ताहरुलाइ आयुर्बेद सम्बन्धि क्षमता बढाउने उदेश्यले तालिमको आयोजना गरीएको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बझाङका कार्यालय प्रमुख गणेश यादबले बताउनुभयो ।
जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बझाङका कार्यालय प्रमुख गणेश यादबको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी देउलेख पिएचसीकी प्रमुख डा बर्षा पौडेल प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रमको सञ्चालन कार्यालयका बरिष्ट बैद्य तथा सुचना अधिकारी मिन राज परीले गर्नुभएको थियो ।
उक्त तालिमले बैद्यहरुलाइ थप काम गर्न सहज हुने बिश्वास लिइएको छ । हाल आयुर्बेदका शाखाहरु सुर्मा गाउपालिका बाहेक अन्य पालिकामा सुरु गरीएको छ । जिल्लाको बुङगल नगरपालिका , छबिस पाथीभेरा गाउपालिका,केदारस्यु ,थलारामा आयुर्बेद औषधालय रहेका छन् भने खप्तडछान्ना गाउपालिका , दुर्गाथली गाउपाकिला ,साइपाल ,मष्टा ,तल्कोटका आरोग्य केन्द्र खोलिएको जिल्ला आयुर्बेदका कर्मचारी उमाकान्त जोशीले बताउनुभयो ।