एकदिने उद्योग तथा वाणिज्य प्रशासन समन्धि अभिमुखिकरण कार्यक्रम मष्टा गाउँपालिकामा सम्पन्न ,

सेयर गरौं

तरुणा जोशी – बझाङ !

एकदिने उद्योग तथा वाणिज्य प्रशासन समन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालको आयोजनामा १ दिने उधोग तथा वाणिज्य प्रशासन समन्धि अभिमुखिकरण कार्यक्रम मष्टा गाउँपालिकामा सम्पन्न भएको हो । उद्योग तथा वाणिज्य दर्ता गर्दा चाहिने आवस्यक कागजाज तथा नविकरण पुजि , कार्यालयले दिने सेवा सुविधा वारे जानकारी गराउने उदेश्यले कार्यक्रम गरीएको घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ उधम विकास प्राविधिक दशरथ बहादुर जप्रेलले बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख खडक वहादुर बोहराको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख अथिति मष्टा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा रहनु भएको थियो । घरेलु कार्यालयका वरिष्ठ उधम विकास प्राविधिक दशरथ वहादुर जप्रेलल सञ्चालन गर्नुभएको कार्यक्रममा गाउँपालि उपाध्यक्ष सवै वडाका वडा अध्यक्ष र सचिव तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338