हृदयघातका कारण ड‍ोटीका एक वडा अध्यक्षको निधन

सेयर गरौं

डोटी पुर्बीचौकी गाउँपालिका -६ का वडा अध्यक्ष पुष्पराज जोशी निधन भएको छ। बुधबार राति ८ बजे एक्कासि हृदयघातका कारण ६५ बर्षीय अध्यक्ष जोशीको निधन भएको हो।

जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहका अनुसार अध्यक्ष जोशीलाई अस्पताल पुगाउँदा सम्म मृत्यु भइसकेको जानकारी दिए । मृतक जोशीको हृदयघातका कारण मृत्यु भएको डाक्टर शाहले बताए ।

बुधबार मात्र गाउँपालिकाको बैठक सकेर आफ्नो घर जाने बेला वाटाेमा एक्कासि बेहोस भएर ढलेका अवस्था जोशीलाई भेटाएकाे वडा नम्बर -४ का वडा अध्यक्ष बल बहादुर खड्काले बताए ।

२०७९ साल बैशाख ३० को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचीत भएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242