११ बैशाख २०८२, बिहीबार

ग्रेडरले कुल्चिएर छात्राको मृत्युपछि आन्दोलनमा विद्यार्थी
धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। उक्त विद्यालयका विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध पारेका हुन्।
उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका हुन्। आज बिहान धनगढी उपमहानगरपालिका-५ तारानगरकी चेतना साउद हसनपुर पिपलचौतारा नजिक पानिपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1