१५ आश्विन २०८०, सोमबार

बैतडीमा युवतीको घाँटी रेटी हत्या गरि फरार भनिएका सशस्त्रका जवान को हुन् ?
बैतडीमा बुधबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेकी माया लुहारको हत्या सशस्त्रका जवान भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया लुहार भर्खरै सम्पन्न भएको निर्वाचनमा म्यादी प्रहरी भएकी थिइन्।
म्यादी प्रहरीमा भर्ना भएकी लुहार सेवा अवधि सकिएपछि घर फर्किएकी थिइन्। भने हत्याको शंकामा रहेका शिवनाथ–४ का भरत कोली पनि घर विदामा आएका थिए। उनी पोखरास्थित सशस्त्र प्रहरी बलमा कार्यरत थिए। माया र भरतका बीच भेटघाट गर्ने सल्लाह भएरै विदामा आएको प्रारम्भिक घटनाक्रमहरुले देखाएको छ। उनीहरुबिच बिहेको कुराकानी चलिरहेको बुझिएको छ ।
मंगलबार घरबाट कपडा सिलाउन भनी बाहिर आएको भनिएपनी उनीहरुबिच भेटघाट गर्न माया भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँग पञ्चेश्वर ३ कुलाउतिर हिँडेकी उनी घर नफर्केपछि खोजी गर्दै जाँदा हत्या गरेको अवस्थामा फेला परेकी थिइन् भने नेहा पनि घाइते अवस्थामा फेला परेकी थिइन्।
घाइते नेहाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। मायाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ।
हत्याको अनुसन्धानका लागि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट टोली खटिएको छ । प्रहरीले सशस्त्र जवान भरतको खोजी कार्य गरिरहेको छ ।
रासस