जयपृथ्वी नगरपालिकाका जनप्रतिनिधीद्धारा ल्याण्डफिल्ड साइड निर्माण स्थलको अनुगमन

सेयर गरौं

तरुणा जोशी – बझाङ

बझाङ – जिल्लाको जयपृथ्वी नगरपालिकाका जनप्रतिनिधीहरुको टोलीले शुक्रबार फोहोर ब्यबस्थापन गर्ने ल्याण्डफिल्ड साइडको निर्माण स्थलका अनुगमन गरेको छ । जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल, उपमेयर रतन बहादुर सिंह, वडाध्यक्ष लगाएतको टोलीले ल्याण्डफिल्ड साइड निर्माण हुने स्थानको अनगमन गरेको हो ।
निवर्तमान नगर प्रमुख बीरेन्द्र खड्काको कार्यकालमा स्थान छनोट भै डिपिआर तयार भएको र त्यसलाई पुणर्ता दिनका लागी कामलाई अघाडी वढाउने पहल भइरहेको नगरप्रमुख वजालले जानकारी दिनुभयो । उक्त परियोजना सम्पन्न गराउनका लागी करिब ९ करोड लागत लाग्ने र डम्पिङ साइडसम्म पक्की बाटो निर्माण गर्दा १२ करोडसम्मको लगानी लाग्न सक्ने नगर प्रमुख वजालले बताउनुभयो ।
साथै उक्र परियोजना सम्पन्न गराउनका लागी नगरपालिकाको स्रोत पर्याप्त नभएका कारण प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्दा मात्रै परियोजनाले पूणर्ता पाउने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246