थलारा गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न , ५ सय बढि पशुहरुकोे उपचार गरियो

सेयर गरौं

तरुणा जोशी – बझाङ !

बझाङ – थलारा गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । थलारा गाउँपालिका वडा नम्बर १ रेगममा सञ्चालन भएको पशु शिविरबाट ५ सय भन्दा बढि पशुहरुको उपचार गरिएको छ । थलारा गाउपालिको पशु सेवा शाखाको सहकार्यमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उक्त शिविर आयोजना गरेको हो ।

उक्त शिबिरमा १ सय ९३ गाइ,७६ भैसी,२ सय ८९ बाखा्र,१८ खच्चर गरी ५ सय ७६ पशुहरुको उपचार गरीएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङका प्रमुख बिनोद कडाएतले बताउनुभयो । यस्तै शिबीरमा ५ पशुको बन्ध्याकरण गरीएको छ । शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशुरोगबाट बच्ने उपायबारे परामर्स पनि प्रदान गरिएको कार्यालय प्रमुख कठाएतले बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङका पा्रबिधिकहरुबाट शिबीरमा उपचार गरीएको थियो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङका प्रमुख बिनोद कडाएतको अध्यक्षतामा सञ्चालन भएको कायृक्रममा प्रमुख अतिथी थलारा गाउपालिका उपाध्यक्ष राम बहादुर खाती रहनुभएको थियो भने बिशिष्ट अतिथी १ नम्बरका वडा अध्यक्ष रबिन्द्र जोशी रहनुभएको थियो । यसअघि जिल्लाको अन्य ठाउमा पनि पशु स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311