११ बैशाख २०८२, बिहीबार

जयपृथ्बी नगरपालिका- १०द्वारा चैनपुरमा बनेका अबैध संरचना हटाउन निर्देशन
तरुणा जोशी – बझाङ !
बझाङ – जिल्लाको जयपृथ्बी नगरपालिका १० ले चैनपुरमा बनेका अबैध संरचना हटाउन निर्देशन दिएको छ । शुक्रबार एक सुचना जारी गदै बडा नम्बर १० ले ३५ दिन अर्थात पुषको १६ गते भित्र मुल सडक, शाखा सडक ,नहर,कुलो बाटोको दायाबाया जग्गा मिची बनाइएका घर तथा टहरा हटाउन निर्देशन दिएको हो ।
उक्त अबधि भित्र बनाइएका संरचना नहटाइएको खण्डमा अमिन ल्याइ नापजाच गरी बनाइएका अबैध संरचनाहरु डोजर लगाएर भत्काउने जयपृथ्बी नगरपालिका १० का वडा अध्यक्ष पुष्प बहादुर सिंहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1