बाजुरा प्रदेश सभा `क´मा नेकपा एकिकृत समाजवादीका नरेश शाही विजयी

सेयर गरौं

बाजुरा संवाददाता – मंसिर १८

दुईवटा प्रतिनिधि सभा क्षेत्र रहेको बाजुरामा प्रदेश (क) मा नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही बिजयी भएका छन । बाम लोकतान्त्रीक गठबन्धन बाट प्रदेश `क´ का उम्मेदवार रहेका शाहीले  १० हजार ९ सय ७३   मत ल्याएर बिजयी भएका हुन ।

उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२  मत प्राप्त गरी पराजित भएका छन । त्यस्तै गरी बाम लोकतान्त्रीक गठबन्धनबाट मित्रवत प्रतिस्प्रधामा रहेका नेकपा माओबादी केन्द्रका उम्मेदवार कर्ण बहादुर विक (केशव) ले १ हजार ९८ मत प्राप्त गरेका छन ।

राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका शाहीलाई काँग्रेसले सर्मथन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1072