बैतडीकी मायाका हत्या आरोपित कोली पक्राउ

सेयर गरौं

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको पुष्टि गरे । उनले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई बैतडी प्रहरीलाई बुझाइने पन्तले बताए ।

२२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।       

  

मायाको हत्या गरेको भन्दै परिवारले भरतको नाममा किटानी जाहेरी दिएको थियो । घटना भएकै दिनदेखि प्रहरीले भरतको खोजी गरिरहेको थियो ।

गएको मंगलबार घरबाट लुुगा सिलाउन जान्छु भनेर गएकी मायाको शव गएको बुधबार घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेको थियो । उनीसंगै गएकी मृतकका भदै १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएकी थिइन् । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1201