८ आश्विन २०८०, सोमबार

चार मुक्तकहरू
✍️ गौरव साउँद – बझाङ
१)
समृद्धि भन्दै हात हतियार खुँडाहरु चलाउछन् रत सकियो।
एक ले अर्का प्रति ढुङ्गा मुडाहरु चलाउछन् रत सकियो।
छिमेकी मुलुक मा युवाहरु नेतृत्व गर्छन् र त विकसित छन्
परिकल्पना को मेरो देश हुतिहारा बुडाहरु चलाउछन् रत सकियो।।
२)
जमात भएरै छाड्ने एउटा यहाँ प्रान्त हुनेछ ।
त्यही भित्र मलाइ तलाइ गरि क्रान्त हुनेछ।।
आफ्ना आफ्नै भनि अठोट नराख्नुहोस् हजुर
स्वार्थ” को उपनाम अरु नभइ “आफन्त” हुनेछ।।
३)
फुटेको शिसा हु म बल नलगाउनु टुक्रा टुक्रा होला।
प्यारो मान्छे तिम्रो उनलाई सघाउनु टुक्रा टुक्रा होला।
मेरो दिल तिमि लाई किच्चड को शिसा बोतल झै लाग्यो
सचेत! है त्यही हिड्दा चप्पल लाउनु टुक्रा टुक्रा होला।।
४)
खुसि जति सक्कियो भनेर किन चिच्याउँछन्।
रहर जति लुट्टियो भनेर किन चिच्याउँछन्।
म बेकाम को जिन्दगी साथमा हुदा पनि मौन छु
कोही कोही ! दिन बिग्रियो भनेर किन चिच्याउँछन्
लेखक साउँद बझाङको थलारा गाउँपालिका -४ डिख्लाका हुन ।
उनी अहिले रोजगारीको सिलसिलामा दुबईमा छन् ।
उनी लामोसमयदेखि साहित्य लगायत अन्य विषयमा कलम चलाउँदै आएका छन ।
यदि तपाइलाई पनि लेख रचना र समाचार प्रकाशित गर्नु परेमा सम्झनु होला थलारा खबर डटकमलाई , हामी प्रकाशित गरिदिने छौ तपाईका लेखक रचना र समाचारलाई ।
लेख,रचना र समाचार पठाउनका लागि
mail:- bindasshibajimandel@gmail.com