दार्चुलाको नेपाल–भारत जोडने सिमा पुल भारतीय पक्षले गरे बन्द

सेयर गरौं

दार्चुला –दार्चुलाको नेपाल–भारत जोडने महाकाली नदीमाथिको अन्तर्राष्ट्रिय सीमा पुल भारतीय पक्षले बन्द गरेको छ ।

आइतबार भएको दोहोरो ढुंगामुढाको विषयलाई लिएर बिहानैदेखि भारतीय पक्षले सीमा पुल बन्द गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

बिहानैदेखि भारतीय व्यापारी र नागरिक मिलेर सीमा पुल बन्द गरेको प्रहरी निरीक्षक शाहीले बताए । महाकाली नदीमा भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकहरुले आइतबार विरोध गर्दै पुल बन्द गराएका थिए ।

हिजो बन्द गरिएको पुल खुलेपनि आज बिहानै भारतीय पक्षले सीमा नाका बन्द गराएको छ । बन्द गराएको सीमा नाका खुलाउनका लागि जिल्ला प्रशासन कार्यालयले आवश्यक समन्वय गरिरहेको प्रहरी निरीक्षक शाहीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
संवाददाता
संवाददाता
Articles: 1230