मायाका हत्या आरोपीत भरतराम कोली सार्वजनिक

सेयर गरौं

बझाङ – मंसिर १९ !

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपीत भरतराम कोलीलाई सार्वजनिक गरेको हो ।

मृतक मायाका परिवारले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि प्रहरीले आइतबार कञ्चनपुरको महेन्द्रनगरबाट कोलीलाई पक्राउ गरेको  थियो । पक्राउ परेका कोललिाई राती बैतडी पु¥याएर सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी निरीक्षक तथा प्रवक्ता लोकराज जोशीले जानकारी दिए ।

कोली सशस्त्र प्रहरी जवान हुन् भने माया ०७९ मंसिर ४ गते भएको निर्वाचनमा म्यादी प्रहरी थिइन् । शिवनाथ गाउँपालिका–४ घर भएका कोलीले नै मायाको हत्या गरेको दाबी प्रहरीको छ ।

कोलीर्लाइ पक्राउ गर्दै अदालतबाट १० दिन म्याद थपेर घटनाको थप अनुसन्धान सुरु गरिएको  जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रेम शाहीले  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
7
+1
0
संवाददाता
संवाददाता
Articles: 1203