एक किमी खोलामा सुदुरपश्चिम सरकारका पाँच योजना, खोलाको नाम फेरेर प्रदेशका योजनामा लाखौ रकम दुरुपयोग गरिदैँ

सेयर गरौं


दिपकराज जोशी – बझाङ, मंसिर १९ !

स्थानीयले औलीगाड भनेर चिन्ने एउटै खोला (गाड) को नामाकरण सुदुरपश्चिम प्रदेशले पाचँ किसिमले गरेको पाइएको छ । फरक फरक नाम राखेर उक्त खोलामा तटबन्धनका नाममा लाखौका योजनामा रकम विनियोजन गरेको पाइएको छ ।
जयपृथ्वी नगरपालिको ७ नम्बर वडा अन्तर्गत पर्ने औलीगाडमा सुदुरपश्चिम प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले योजनामा रकम विनियोजन गरेको हो । सो वडाको खानीपहिरा देखि कचाली खोलामा मिसिने खहरे खोलाको (औलीगाड) लम्बाई करिब एक किलोमिटर जति छ ।

आर्थिक वर्ष २०७९ / ०८० को प्रदेश सरकारको बजेटमा बा्रखा खानि पहिरा औलीगाड तटबन्धन , कालाढुङ्गा तटबन्धन , खानीपहिरो औलीगाड तटबन्धन , बोर्या खानीपहिरो औलीगाड तटबन्धन र सेति नदि सेटेडि तटबन्धन शिर्षक राखेर बजेट बिनोजन गरेको पाएको छ । प्रदेशबाट बजेट आएपनि कार्यान्वयन गर्ने जलश्रोत तथा सिचाई विकास कार्यालय सिमखेत भने साईड अनुगमन गरेर मात्र योजना कार्यान्वयन गर्ने पक्षमा छ । तर अहिले सम्म कोहि पनि योजना सम्झौता गर्न भने आएका छैनन कार्यालय प्रमुख नबराज जोशीले बताउनु भयो ।
बोर्या खानी पहिरा औलिगाड तटबन्धनमा बीस लाख , कालाढुङगा तटबन्धनमा पन्ध्र लाख , खानी पहिरो औलीगाड तटबन्धनमा पच्चीस लाख , बोर्या खानीपहिरो औलीगाड तटबन्धन मा पन्ध्रलाख र सेति नदि सेटेडि तटबन्धनमा दश लाख बजेट छ । स्थानीय तहले उपभोक्ता समिति गठन गराएर योजना कार्यान्वयन गर्ने प्रचलन छ ।

योजनाको नाम अनेक आएको भएपनि सोहि खोलामा नै योजना कार्यान्वयन गर्ने वडा अध्यक्ष सिवराज जोशीले जानकारी दिएका छन । अध्यक्ष जोशी भन्नुहुन्छ ,“ प्रदेश बाट रकम खर्चेर योजना हालेका हुन्छन त्यसैले पनि उनिहरुकै चाहे अनुसारको उपभोक्ता समिति गठन गरिदिनु पर्ने बाध्यता छ ” । प्रदेश सरकार बाट बिचौलिया मार्फत योजना हालेका हुन्छन उपभोक्ता हरुलाई न बजेट आएको जानकारि हुन्छ न सार्वजनिक रुपमा उपभोक्ताको भेला भएर समिति गठन भएको हुन्छ उपभोक्ता जानकार नभएको स्थानीय उपभोक्ता सिताराम रतालाले बताएका छन । अर्का उपभोक्ता प्रयागराज जोशी पनि योजना सग जानकार नभएको तर खोलाले आफ्नो खेतबारि भने बर्सौ पिच्छे कटान भने गर्ने गरेको बताउनुहुन्छ । नामनै खानिपहिरो छ , खोलाले कटान गरेर ठुलो पहिरोनै बनेको छ । तर त्यहा तटबन्धन गर्न का लागि ढुङ्गा पर्याप्त नभएकोले अघिल्लो बर्स को योजना अर्कै खोलामा तटबन्धन गरेको पाईन्छ ।

कालाढुङा तारामण्डल सामुदायिक बन सग जोडिएको क्षेत्र हो, जहाँ खोला पनि छैन पहिरो पनि छैन । त्यहाँ तटबन्धन गर्नका लागि उपयुक्त छैन तर पहुचका आधारमा रकम आएको छ । अब सो रकमले कुन खोलामा तटबन्धन गर्ने हुन कालाढुङा जमिन भएका उपभोक्ता गोरखराज जोशीले बताएका छन । विगतका बर्षमा खोलाको नाम नै फरक राखेर योजना हालेर रकम दुरुपयोग गर्ने गरेको छ । पर्देश बाट योजना हालेर ल्याएका हुन्छन , उता रकम ( निश्चित प्रतिशत ) लेनदेन गर्न सक्ने मान्छे ले आफु अनुकुल समिति चयन गर्ने गरेको उपभोक्ता को आरोप छ ।प्रचलित खोलाको नाम राखेर योजना हाल्दा आम उपभोक्ताहरु चासो राख्न सक्ने भएकाले व्यक्तिले आफु अनुकुलको नाम राखेर रकमको दुरुपयोग गर्ने गरेको स्थानिय उपभोक्ताहरु बताउछन । योजनाको नामनै हजारौ हुने भएकाले कुन ठाउ के भएको छ सबैकुरो आफुलाई थाहा नहुने भौतिक पुर्वाधार बिकास मन्त्रालय धनगढि का प्रदेश सचिव तुल्सिराम भट्टराईले बताए ।
। जुन खोलामा ढुङ्गा छ त्यहा तटबन्धनको नाममा योजनाको रकम दुरुपयोग गर्ने गरेको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1228