सम्राटका चारवटा मुक्तकहरू

सेयर गरौं

छेत्री सम्राट बोहरा – बझाङ , मंसिर २० !

मुक्तक

१)
हाम्रो देशका नेतालाई लड्न पाए भैगो ।
जसरी नि कुर्सी माथि अड्न पाए भैगो ।
काग जति कराउंछ पिना सुक्दै जान्छ ,
महँगा र राम्रा वाहन चड्न पाए भैगो ।

२)
रगत र पसिना अनुसारको दाम मिल्दैन प्रदेशीलाई
रोजे र खोजे जस्तो कहिल्यै काम मिल्दैन प्रदेशीलाई ।
स्वदेशमा रोजगार नहुँदा हामी युवाहरुलाई ,
राम्रो काम गरे पनि विदेशमा इनाम मिल्दैन प्रदेशीलाई ।

३)
स्वदेश्कै भिर पाखामा गीत गाउनु छ।
यहि स्वच्छ हावा पानीमा रमाउनु छ।
अब नजाउ बिदेशीको दास बन्नलाई,
माटो चलाएर यहाँ सुन फलाउनु छ ।

४)
फर्कि आउ त्यहाँ पनि बम बारुद चल्न सक्छ ।
क्षणभरमै शरीर सँगै सबै सपना जल्न सक्छ ।
आजभोलि भगवान पनि निर्दयी बनेका छन्,
नेपालीको स्वाभिमान तिमी सँगै ढल्न सक्छ।

लेखक बोहरा बझाङको थलारा गाउँपालिकाका हुन,
हाल रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् ।
उनी लामोसमयदेखि साहित्य लगायत अन्य विषयमा कलम चलाउँदै आएका छन ।

यदि तपाइलाई पनि लेख रचना र समाचार प्रकाशित गर्नु परेमा सम्झनु होला थलारा खबर डटकमलाई , हामी प्रकाशित गरिदिने छौ तपाईका लेखक रचना र समाचारलाई ।
लेख,रचना र समाचार पठाउनका लागि
mail:- bindasshibajimandel@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1201