बाजुरामा प्रतिनिध सभा समानुपातिकमा नेपाली काँग्रेस पहिलाे दल

सेयर गरौं

बाजुरा संवाददाता मंसिर २० !                                  बाजुरामा प्रतिनिधि सभा समानुपातीक तर्फको मत गणना सम्पन्न भएकाे छ ।  मत परिणाम अनुसार नेपाली काँग्रेस प्रतिनिधि सभाकाे सामानुपातिकमा नेपाली काँग्रेस पहिलाे दल बनेकाे छ । जिल्लामा समानुपातीक तर्फ ६० हजार ४ सय ४५ मत खसेको छ ।

नेपाली काँग्रेसको २७ हजार ९ सय ७२, नेकपा एमालेले २६ हजार २ सय ९९ मत ल्याएकाे छ । त्यसै गरी नेकपा माओबादी केन्द्र १९ सय ७८, एकृकित समाजवादीले १७ सय २८,  राष्टिय स्वतन्त्र पाटी २ सय ३५ र राप्रपाको १ सय ७८ मत प्राप्त गरेको छ । प्रतिनिधि सभाकाे गणना सम्पन्न सँगै प्रदेश सभाकाे गणना शुरु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1072