भगवती आधारभूत विद्यालयको २५ औं वार्षिकोत्सब तथा रजत जयन्ती कार्यक्रम उद्घाटन (फोटोफिचर)

सेयर गरौं

बझाङ, थलारा – मंसिर २० !

थलारा गाउँपालिका – ७ गोठीगाउँ स्थित भगवती आधारभूत विद्यालयको २५ औं वार्षिकोत्सब तथा रजत जयन्ती कार्यक्रम उद्घाटन गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा थलारा गाउँपालिका-७ का वडाध्यक्ष किस्ने सार्किको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि थलारा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीले शव्द वाचन , विद्यालयका संस्थापक नन्दकृष्ण ओझाले पानसमा बत्ती बालेर उद्घाटन गरिएको हो ।

वार्षिकोत्सबको अवसरमा विद्यालयले विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। स्वागत मनतव्य ,वार्षिक प्रतिवेदन प्रस्तुत , विद्यालयको लागि योगदानदिनेलाई सम्मान , विद्यार्थीको रमाइलो देउडा लगायताका कार्यक्रम हुनेछन् ।

कार्यक्रममा प्रमुख अतिथि थलारा गाउँपालिका उपाध्यक्ष रामबहादुर खाती रहनु भएको छ। भने कार्यक्रममा गाउँपालिका भित्रका वडाध्यक्ष, शिक्षा शाखा प्रमुख विद्यालय व्यवस्थापन समिति पदाधिकारी गाउँपालिकाकाका जनप्रतिनिधि राजनीतिज्ञ गाउँपालिका भित्र रहेका विद्यालयका शिक्षक व्यवस्थापन समिति पदाधिकारी आमअभिभावक अतिथि रहनु भएको छ । कार्यक्रम संचालन शिक्षक नन्दकृष्ण उपाध्यायले गरिरहनु भएको छ। विद्यालयले २५ वसन्त पार गरेपछि रजत जयन्ती भनिन्छ । भने ५० वर्षमा स्वर्ण जयन्ती भनिन्छ ।

गत बर्ष विद्यालयलाई तीततारे नमुना घोषणा गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
1
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212