१९ आश्विन २०८१, शनिबार
बझाङको केदारस्युँ गाउँपालिकामा लैंगिक हिंसा बिरूद्वकाे १६ दिने अभियानकाे अन्तरक्रिया कार्यक्रम सम्मपन्न
पवन बोहरा बझाङ, देउरा – मंसिर २० !
बझाङको केदारस्युँ गाउँपालिकामा लैंगिक हिंसा बिरूद्वकाे १६ दिने अभियानकाे अन्तरक्रिया कार्यक्रम सम्मपन्न भएकाे छ ।
केदारस्युँ गाउँपालिकाकाे आयाेजनामा वल्ड भिजन ईन्टरनेश्नल नेपाल र प्रगतिशील युवा समाज बझाङकाे सहयाेगमा संचालन गरिएकाे लैंगिक हिंसा बिरूद्वकाे १६ दिने अभियान अन्तरक्रिया कार्यक्रम केदारस्युँ गाउँपालिकाकि उपाध्यक्ष मनिषा धामीकाे अध्यक्षतामा कार्यक्रम संचालन गरिएकाे थियाे । प्रमुख अथिति केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्याय रहनु भएकाे थियाे । त्यसै गरि बिशिष्ठ अथितिमा कदारस्युँ गाउँपालिकाका शिक्षा साखा प्रमुख केशव राज भट्ट रहनु भएकाे थियाे ।
लैंगिक हिंसा बिरूद्वकाे १६ दिने अभियान अन्तरक्रिया कार्यक्रम मा गाउँ ठाउँ मा हुने महिला हिंसा,घरेलु हिंसा,लैंगिक हिंसा,जातिय भेदभाव के कति कारणले हुन्छ कसरी न्युनिकरण गर्ने भन्ने बारेमा अन्तरक्रिया कार्यक्रममा छलफल गरिएकाे प्रगतिशील युवा समाज बझाङका वाल संरक्षण परियाेजना का अधिकृत बिनाेन्द थापाले बताउनु भयाे । कार्यक्रमका प्रशिक्षक जय पृथ्वी एफएम का कार्यकारि निर्देशक मकर राज धामीले गर्नु भएकाे थियाे भने कार्यक्रम संचालन प्रगतिशील युवा समाज बझाङका फिल्ड अधिकृत दिनेश खड्काले गर्नु भएकाे थियाे ।