सुर्खेतमा श्रीमतीको घाँटी काट्ने श्रीमान् पक्राउ

सेयर गरौं

सुर्खेत : सुर्खेतमा आफ्नै श्रीमतीको टाउको काटेर भागिरहेको अवस्थामा प्रहरीले एकजनालाई प्रक्राउ गरेको छ।

 जिल्लाको पञ्चपुरी नपा ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरले मंगलवार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती ३० वर्षीया मीना आलेको घाँटी काटी टाउको प्लाष्टिकको थैलोमा राखी भागिरहेका अवस्थामा पक्राउ गरिएको हो।

उनलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको ३ जनाको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वास्थ्यचौकी पछाडिबाट प्रक्राउ गरेको हो।

उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट १३ जनाको प्रहरी टोली खटिएको छ। उनको घरमा छोरा छोरी र आमा रहेको बताइएको छ। घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1357