डोटीमा चितुवाको आक्रमणमा परि ५ जना घाइते

सेयर गरौं

किरण धामी -डोटी मंसिर २० ! डोटीमा चितुवाको आक्रमणमा परि ५ जना घाइते भएका छन् । जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ५ बटाला गाउँका ५ जना मंगलबार साँझ साढे ५ बजेतिर चितुवाको आक्रमणबाट घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीका अनुसार घाइते हुनेमा शारदा देवी बटाला, उनका ४ वर्षका छोरा सिद्ध बटाला, २२ वर्षीया पुष्पा बटाला, १५ वर्षिय लालि बटाला र १० वर्षिया लाली बटाला रहेका छन् । ४ वर्षका सिद्ध बटाला र १५ वर्षिया लाली बटालाको अवस्था मध्यम र बाकीको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।
बालक सिद्ध बटाला घरको आगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको वडा अध्यक्ष खड्क साउदले बताउनुभयो । छोरालाई बचाउन जानुभएकी सारदा लाई पनि चितुवाले आक्रमण गरेको उहाले जानकारी दिनुभयो । वडा अध्यक्ष साउदका अनुसार घरभन्दा केही पर त्यसैबेला गोठालोबाट घर फर्किदै गरेका लालि, हसिना र पुस्पालाइ पनि सोही चितुवाले आक्रमण गरेको थियो । घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइदै छ । साथै चितुवाले शारदा देवी बटालाको एक बाख्रालाई समेत आक्रमण गरेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
संवाददाता
संवाददाता
Articles: 1203