१५ आश्विन २०८०, सोमबार

बझाङको थलारा गाउँपालिका -७ मा लाग्ने चतुर्दशी मेला उद्घाटन(फोटोफिचर) सहित
बझाङ थलारा ,मंसिर २१ !
बझाङको थलारा गाउँपालिका -७ मा लाग्ने चतुर्दशी मेला उद्घाटन गरिएको छ ।
हरेक वर्ष मंसिर चतुर्दशीका दिन लाग्ने चतुर्दशीमेला मेलाको आज थलारा गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रामबहादुर खातीले शव्द वाचन गरि उद्घाटन गर्नु भएको हो ।
भवानी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरालाल रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीको प्रमुख आतित्यततामा भएको हो । कार्यक्रममा विशिष्ठ अतिथि नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष मोहनराज जोशी अतिथि वडाध्यक्ष किस्ने सार्की अन्य वडाका वडाध्यक्ष, त्यस्तै जनप्रतिनिधिहरू, निवर्तमान वडाध्यक्षहरू, शिक्षक सुरक्षाकर्मी लगायतका अतिथि रहनु भएको थियोे ।
चतुर्दशीमेलाको अवसरमा थलारा गाउँपालिका वडा नम्बर ७ ले गाउँपालिका वडा स्तरीय भलिबल प्रतियोगिता र देउडा कार्यक्रमको आयोजना गरिएको छ ।
भलिबल खेल आजबाट सुरु हुँदै छ भने , देउडा खेल मंसिर २३ गतेदेखि सुरु हुने आयोजक कमिटीले जनाएको छ । सुदूरपश्चिमका प्रख्यात देउडा खेलाडी महिला पुरुष आउने भएका छन् ।
भलिबल प्रतियोगिता प्रथम पुरस्कार ४० हजार द्वितिय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार राखिएको छ । अहिलेसम्म ९ टिम दर्ता भएको आयोजक कमिटीले जनाएको छ ।
कार्यक्रम पुरानो कला संस्कृतिको र खेलकुदको जगेर्नाका लागि आयोजना गरिएको हो ।
कार्यक्रम संचालन शिक्षक शिवराज उपाध्यायले गरिरहनु भएको छ ।
हरेक वर्ष मंसिर चतुर्दशीका दिन थलारा गाउँपालिका- ७ माडौँकाट्नेमा चतुर्दशी मेला लाग्ने गर्दछ । चतुर्दशी मेलाको समयमा गोठीगाउँ ,आठविस , अदुकाली र घोडादाउना टोलका स्थानीयले मिलेर कालिका देवी र दुर्गा भवानीलाई राँगा र बोका बलि दिएर पुजा आरधाना गर्ने परम्परा रहेको शिक्षक तारासिंह चलाउनेले बताउनुभयो ।


















